२ असार २०७८, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चिनियाँ यान द्वारा मंगल ग्रहमा खिचिएको तस्वीर सार्वजनिक

प्रकाशित मिति :  ५ जेष्ठ २०७८, बुधबार १७:२०


बेइजिङ । चीनले मंगल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ ।

उक्त तस्वीरमा यान अगाडिको दृश्यमा मंगल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छन् भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ ।

आइतवार बिहानै मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको थियो । चिनियाँ यान अवतरणपछि चीन मंगल ग्रहमा अवतरण गरेर लामो समय काम गर्न सक्ने यान राख्ने अमेरिकापछि दोस्रो देश बनेको छ ।

मंगल ग्रहको उत्तरी गोलार्धमा उत्रिएको छ पांग्रे सो यानले कम्तीमा उक्त ग्रहमा कम्तीमा ९० दिन बिताउने विश्वास चिनियाँ वैज्ञानिकहरूले गरेका छन् ।

सौर्य ऊर्जाबाट चल्ने जुरोङको दुई सय ४० किलो तौल रहेको छ । यानको अग्लो भागमा राखिएको क्यामेराले तस्बिर लिनुका साथै यानलाई यताउता जान पनि सहयोग गर्छ ।

पाँच उपकरण जोडिएको उक्त यानले त्यहाँको चट्टान र मौसमको अध्ययन गर्नेछन् ।

– रासस



प्रतिक्रिया दिनुहोस !