३० जेष्ठ २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कटारी नगरपालिकाका प्रमुख र उपप्रमुखको घरमा तोडफोड

प्रकाशित मिति :  ५ जेष्ठ २०७८, बुधबार १७:०६


काठमाडौं । उदयपुरको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भिमकुमारी राउतको घरमा स्थानीले बुधबार तोडफोड गरेका छन् ।

कटारी नगरपालिका–४ जहडी स्थित सार्वजनिक स्थानमा बनाएका घर टहरा भत्काएको भन्दै स्थानीयले प्रमुख र उप्रमुखको घरमा तोडफोड गरेका हुन् । स्थानीयको ठूलो समूहले  वडा नं ४ का  वडाध्यक्ष कृष्ण दनुवार र इन्जिनियरको घरमा समेत तोडफोड गरेका छन् ।

कोभिडले आक्रान्त भएको समयमा नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षको अग्रसरतामा घर भत्काएको भन्दै स्थानीय तोडफोडमा उत्रिएका थिए । नगरप्रमुख श्रेष्ठको घरमा तोडफोड गरी आगजनी गर्न खोजेपछि प्रहरीले केही राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको थियो ।

प्रहरीले भिड नियन्त्रणमा लिए पनि बजारमा अझै तनाव छ । नगरपालिकाले सार्वजनिक स्थानमा बनाएका घर टहरा भत्काउन अभियान सञ्चालन गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !