१७ श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

इण्डियामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमितको ज्यान गयो

प्रकाशित मिति :  ५ जेष्ठ २०७८, बुधबार १६:५९


काठमाडौं । इण्डियामा कोभिडबाट ज्यान गुमाउनेको संख्या पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ४ हजार ५ सय २९ जना संक्रमितको ज्यान गएको छ । कोभिड सुरु भए यताकै यो सबैभन्दा ठूलो संख्या हो । त्यहाँ कोभिड संक्रमणबाट हालसम्म २ लाख ८३ हजार २ सय ४८ जनाको ज्यान गएको छ ।

संक्रमण पुष्टि हुनेको संख्या भने इण्डियामा क्रमशः घट्दै गएको छ । संक्रमण निको हुनेको दर निक्कै बढेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ३ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ सो अवधिमा ४ लाख २२ हजार ४ सय ३६ संक्रमित निको भएका छन् । इण्डियामा अहिले  ३२ लाख २६ हजार ७ सय १९ जना सक्रिय संक्रमित छन् ।



प्रतिक्रिया दिनुहोस !