१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

लागुऔषध चरेससहित दुई पक्राउ

प्रकाशित मिति :  २ जेष्ठ २०७८, आईतवार ०३:१७


बैतडी । लागुऔषध चरेससहित शनिबार बैतडीमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश विष्ट रहेका छन् । उनीहरु दुवैलाई सुर्नया–६ शंकरपुरबाट मोटरसाइकलमा सुर्नया–५ तर्फ आउँदै गरेको बेला रौलेश्वर प्रहरी चौकीको टोलीले पक्राउ गरेको हो ।

मोटरसाइकलमा सवार उनीहरुबाट सात सय ग्राम चरेस भेटिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । सुपप्र ४००१प ००१५ नंको मोटरसाइकलमा गइरहेका बेला दिउँसो प्रहरी टोलीले जाँच गर्दा सुरेशको झोलाबाट सात सय ग्राम चरेस बरामद गरिएको हो ।

बरामद गरिएको चरेस, मोटरसाइकल र दुवै जना इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका छन् । निषेधाज्ञाको समयमा उनीहरु कहाँबाट चरेस लिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

१२ किलो गाँजासहित दुई पक्राउ

दमौली– तनहुँको भानु नगरपालिका–६ पड्केपसलबाट १२ किलो ६ सय ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ–७ बस्ने २९ वर्षीय क्षेत्रकुमार चेपाङ र सोही ठाउँ बस्ने १८ वर्षीय दीपबहादुर प्रजा रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ ।

– रासस



प्रतिक्रिया दिनुहोस !