४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आइसोलेसनलाई अक्सिजन सिलिण्डर सहयोग

प्रकाशित मिति :  १ जेष्ठ २०७८, शनिबार ०२:२३


काठमाडौ| । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ ।

मुलुकमा अक्सिजन अभाव भइरहेको समयमा  चन्द्रागिरि नगरपालिका वडा नं ८ को आइसोलेसनका लागि उक्त सिलिण्डर कार्कीले सहयोग गर्नुभएको हो ।

चन्द्रागिरिमा आजदेखि सञ्चालनमा आउने मातातीर्थ अस्पतालका लागि कार्कीले संकलन गर्नुभएको १८ थान अक्सिजन सिलिण्डर प्रदान गर्नुभएको चन्द्रागिरि–८ का वडा अध्यक्ष सन्तोष खड्काले जानकारी दिनुभयो ।

कार्कीले सो आइसोलेसनको लागि आवश्यक सहयोग गर्दै जाने उल्लेख गर्नुभयो । ‘मैले व्यक्तिगत खर्चबाट कोरोना सङ्क्रमितको लागि अक्सिमिटर दिन लागेको छु’, उहाँले भन्नुभयो ।

-रासस



प्रतिक्रिया दिनुहोस !