२ असार २०७८, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी ओली यसकारण ३१ औं प्रधानमन्त्री

प्रकाशित मिति :  ३१ बैशाख २०७८, शुक्रबार ०९:४७


केपी शर्मा ओली नेपालका ३१ औंं प्रधानमन्त्री हुनुहुन्छ । कतिपयले उहाँलाई ४२ औं प्रधानमन्त्री भन्ने तथा लेख्ने गरेको देखियो । तर, तथ्यले उहाँ ४२ औं नभएर ३१ औं प्रधानमन्त्री भएको दखाउँछ ।

धेरैलाई लाग्छ– भीमसेन थापा पहिलो प्रधानमन्त्री हो । यो सत्य होइन । भीमसेन थापाको पालामा प्रधानमन्त्री पदनाम नै नेपालमा थिएन । सर्वसाधारणले चौतारा, काजी र बडाकाजी हुन पाउँथे । भीमसेन थापा पहिलो प्रधानमन्त्री होइन, पहिलो मुख्तियार हो ।

सर्वसाधारणबाट पहिलो पटक मुख्तियार बन्ने भीमसेन हो । मुख्तियारलाई प्रधानमन्त्री मान्ने हो भने रणबहादुर शाह, पुष्कर शाह, रंगनाथ पाण्डे, रंगनाथ पौड्याल, फत्येजंग शाह पनि मुख्तियार भए । उनीहरुलाई प्रधानमन्त्रीका रुपमा गणना गर्दा पनि अहिले केपी ओलीलाई ४२ औं भन्न मिल्दै मिल्दैन ।

नेपालमा प्रधानमन्त्री पदनाम पाउन पहिलो माथवरसिंह थापा हो । विस १९०० मा माथवरलाई नियुक्त गर्दा ‘प्राइमिनिष्टर’ लेखियो । त्यसपछि प्राइमिनिष्टरलाई नेपालमा प्रधानमन्त्री भन्न थालियो । माथवरभन्दा पहिले अरुलाई प्राइमिनिष्टर या प्रधानमन्त्री भनिएन । माथवरपछि जंगबहादुर प्रधानमन्त्री बने । पहिलो प्रधानमन्त्री माथवरपछिका प्रधानमन्त्रीहरुको नाम यहाँ प्रस्तुत गरिन्छ

१ माथवरसिंह थापा

२ जंगबहादुर राणा

३ बमबहादुर राणा

४ रणोद्दीप राणा

५ वीर शमशेर

६ देव शमशेर

७ चन्द्र शमशेर

८ भीम शमशेर

९ जुद्ध शमशेर

१० पद्य्म शमशेर

११ मोहन शमशेर

१२ मातृकाप्रसाद कोइराला

१३ टंकप्रसाद आचार्य

१४ कुँवर इन्द्रजित सिंह

१५ विश्वेश्वर प्रसाद कोइराला

१६ सूर्यबहादुर थापा

१७ कीर्तिनिधि विष्ट

१८ डा. तुलसी गिरी

१९ नगेन्द्रप्रसाद रिजाल

२० लोकेन्द्रबहादुर चन्द

२१ मरिचमान सिंह श्रेष्ठ

२२ कृष्णप्रसाद भट्टराई

२३ गिरिजाप्रसाद कोइराला

२४ मनमोहन अधिकारी

२५ शेरबहादुर देउवा

२६ पुष्पकमल दाहाल प्रचण्ड

२७ माधवकुमार नेपाल

२८ झलनाथ खनाल

२९ डा. बाबुराम भट्टराई

३० सुशील कोइराला

३१ केपी शर्मा ओली

प्रष्ट छ– नेपालमा अहिलेसम्म ३१ जना प्रधानमन्त्री भए । केपी ओली एकतिसौं प्रधानमन्त्री हुनुहुन्छ ।

यहाँनेर प्रश्न उठ्छ– खिलराज रेग्मीलाई के भन्ने ? वस्तुतः खिलराज प्रधानमन्त्री होइन, उहाँ मन्त्रिपरिषद्का अध्यक्ष हुनुहुन्थ्यो । मन्त्रिपरिषद्का अध्यक्षलाई पनि प्रधानमन्त्री मान्ने हो भने महेन्द्र शाह, ज्ञानेन्द्र शाह र सुवर्ण शमशेरलाई पनि प्रधानमन्त्रीका रुपमा गणना गर्नुपर्ने हुन्छ । त्यसरी गणना गर्दा पनि केपी ओली ४२ औं प्रधानमन्त्री होइन ।

इतिहासका केही किताब तथा सामान्य ज्ञानका किताबमा भीमसेन थापालाई पहिलो प्रधानमन्त्री भनेर हचुवाका भरमा लेखियो । बालचन्द्र शर्माले पनि पहिलो प्रधानमन्त्री लेखिदिए । फलतः भीमसेन थापालाई पहिलो प्रधानमन्त्री मानेर कतिपयले गणना गर्न थाल्नाले गणना नै बिग्रियो ।

यसबाट सिद्ध हुन्छ कि केपी शर्मा ओली नेपालका ३१ औं प्रधानमन्त्री हुनुहुन्छ ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !