४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव नेपाल सहित चार जनाको कारबाही फुकुवा

प्रकाशित मिति :  ३० बैशाख २०७८, बिहीबार ०६:१६


काठमाडौं । नेकाप एमाले पार्टीबाट निलम्बनमा परेका चार जना नेताको कारबाही फुकुवा भएको छ ।

पार्टी स्थायी कमिटीको बिहीबार सम्पन्न बैठकले सो निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । यस अघि पार्टी निर्देशन विपरित क्रियाकलाप गरेको भन्दै माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई एमालेले ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको थियो ।

बैठकले पार्टी एकता र सरकारसँग सम्बन्धित विषयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको पनि तामाङले बताउनुभयो । ‘कोभिडको कारण बैठक बस्न समस्या हुने भएकोले त्यो अधिकार पार्टी अध्यक्षलाई दिने निर्णय भएको छ’, उहाँले भन्नुभयो ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !