१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

शुक्रराजले राेक्याे पीसीआर परीक्षण सेवा

प्रकाशित मिति :  २८ बैशाख २०७८, मंगलवार ०८:४७


काठमाडौं ।  काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले हाललाई पीसीआर परीक्षण सेवा स्थगित गरेको छ ।

अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले विषेश कारणवस पीसीआर परीक्षण रोक्नु परेको बताउनुभयो ।

डा. भण्डारीले एक सूचना सार्वजनिक गरी सो कुराको जानकारी दिनुभएको हो ।

कोभिड–१९ संक्रमितको मात्रै उपचार गर्दै आएको अस्पतालले किटको अभाव भएपछि परीक्षण स्थगित भएको जनाएको छ ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !