४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अन्तिम नतिजा यस्तो छ

प्रकाशित मिति :  २७ बैशाख २०७८, सोमबार १३:३१


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत पाउन असफल हुनुभएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले आवश्यक विश्वासको मत प्राप्त गर्न सक्नुभएन । आज भएको मतदानमा प्रधानमन्त्रीले ९३ मत प्राप्त गर्नुभएको छ । सरकारलाई विश्वासको मत लिन १ सय ३४ मतको आवश्यक थियो ।

प्रधानमन्त्रीको विपक्षका १ सय २४  मत खसेको छ । विपक्षमा कांग्रेस, माओवादी र जसपाका केही सांसद्ले मत दिएका हुन् । जसपाका १५ जना सांसदले भने तटस्थ बसेका छन् ।

एमालेका २८ जना सांसद् तटस्थ बसेका छन् ।

आजको बैठकमा २ सय ३२ जना सांसद् उपस्थित थिए । नेकपा एमालेका माधव गुटका २८ सहित ३९ सांसद् बैठकमा अनुपस्थित रहे ।

सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गर्नुभएको थियो । विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ । अब नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !