१७ श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव नेपालले राजीनामा दिनुहुन्न- विष्णु पौडेल

प्रकाशित मिति :  २६ बैशाख २०७८, आईतवार १२:४९


काठमाडौं । नेकपा एमालेका नेता एवं अर्थमन्त्री विष्णु पौडेलले एमाले नेता माधव नेपाल लगायतले सांसद् पदबाट राजीनामा नदिने बताउनुभएको छ ।

माधव नेपालसँग भेट गरेर सिंहदरबारबाट निस्कने क्रममा पत्रकारलाई प्रतिक्रिया दिँदै उहाँले पार्टी पनि नफुट्ने र माधव नेपालले पनि सांसद् पदबाट राजीनामा नदिने बताउनुभयो ।

पत्रकारले पार्टी फुट्न लागेको हो ? भनि राखेको जिज्ञाशामा उहाँले ‘पार्टी कसरी फुट्छ र ?’ भन्दै प्रश्न गर्नुभयो ।  आफूलाई माधव नेपालले राजीनामा दिने कुराको विश्वास नभएको उहाँले बताउनुभयो । ‘म त्यो कुरा पत्याउँदिन’, पौडेलले भन्नुभयो ।

सांसद् पदबाट राजीनामा दिएर पार्टी र आफ्नो विनाशको बाटो कुनै पनि नेताले रोज्न नसक्ने पौडेलको भनाइ छ । ‘राजीनामा भनेको विनाशको बाटो हो, त्यो कसले रोज्छ र म पत्याउँदिन’, उहाँले भन्नुभयो ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !