९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आयोगका संवैधानिक निकायहरुमा पदाधिकारी सिफारिस

प्रकाशित मिति :  २६ बैशाख २०७८, आईतवार ०६:५४


काठमाडौं । संवैधानिक परिषदको बैठकले लोकसेवा आयोगलगायत रिक्त संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रिक्त संवैधानिक पदमा पदाधिकारी नियुक्त गरेको हो । सबै निर्णय लिपिबद्ध भएपछि औपचारिक प्रक्रियाबाट नाम सार्वजनिक गरिने जनाइएको छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बैठक बहिष्कार गर्नुभएको थियो । तर, बहुमत सदस्यको उपस्थितिमा बैठक बसेको थियो ।प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहेकाले तीन जना सदस्यको उपस्थितिमा निर्णय गरिएको हो ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !