३० जेष्ठ २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

संवैधानिक परिषद् बैठक जारी

प्रकाशित मिति :  २६ बैशाख २०७८, आईतवार ०५:३२


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी छ ।

संवैधानिक परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहभागी हुनुहुन्छ ।

सभामुख अग्नि सापकोटा र प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा भने बैठकमा सहभागी हुनुहुन्न ।

देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा आफू सहभागी नहुने बताउनुभएको थियो । उहाँले सदस्यलाई पनि भाग नलिन आग्रह गर्नुभएको थियो ।

संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धि अध्यादेशमा बहुमत सदस्यको उपस्थितिमा बैठकले निर्णयहरु गर्न सक्ने व्यवस्था छ । परिषद् सदस्य मध्ये प्रतिनिधि सभाको उपसभामुख पद रिक्त रहेको छ ।



प्रतिक्रिया दिनुहोस !