६ असार २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

उपनिर्वाचनमा एमालेले रामबहादुर थापालाई उम्मेदवार बनाउने

प्रकाशित मिति :  २४ बैशाख २०७८, शुक्रबार ०७:३४


काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाएको छ ।

शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले गृहमन्त्री थापालाई उम्मेदवार बनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

गृहमन्त्री बादल उम्मेदवारी मनोनयन दर्ता गर्न वाग्मती प्रदेश राजधानी हेटौंडा पुगिसक्नु भएको उहाँले जानकारी दिनुभयो ।

मनोनयन दर्ता गर्न गृहमन्त्री बादल सहित एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल, प्रधानमन्त्रीका कानुनविज्ञ बाबुराम दाहाल सहित हेटौंडा पुग्नुभएको थापाले बताउनुभयो ।

गृहमन्त्री थापालाई माओवादी केन्द्रले सांसद् पदबाट निकाले पछि खाली भएको राष्ट्रिय सभा सदस्यको लागि जेठ ६ गते निर्वाचन हुँदै छ ।

सो पदका लागि एमाले बाहेकको गठबन्धको तर्फबाट खिमलाल देवकोटाले उम्मेवदवारी दर्ता गर्नुभएको छ । उम्मेदवारी दर्ताको समय आज विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्मको लागि तोकिएको छ ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !