२ असार २०७८, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गणतान्त्रीक संविधान माक्र्सवाद प्रयोगको उपलब्धि – प्रचण्ड

प्रकाशित मिति :  २२ बैशाख २०७८, बुधबार ०८:३२


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान नेपाली भूमिमा मार्क्सवादलाई लागू गर्ने क्रमको एउटा उपलब्धि भएको बताउनुभएको छ ।

र्ल माक्र्सको २ सय ३ औँ जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले माक्र्सवादलाई विकास गर्ने क्रममा नेपालमा धेरै संघर्ष भएको उल्लेख गर्नुभएको छ । प्रचण्डले जारी गर्नुभएको सन्देशमा वर्तमान संविधानले निर्देशन गरेको नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामवद्ध हुनु अहिलेको आवश्यकता भएको उल्लेख छ । ‘त्यसका लागि भइरहेका सबै प्रकारका प्रतिगामी प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्दै समाजवादको बाटोमा अग्रसर हुन प्रतिगमन विरोधी सम्पूर्ण शक्तिहरुलाई ऐक्यवद्धताका लागि आव्हान गर्दछु’, प्रचण्डले जारी गर्नुभएको सन्देशमा उल्लेख छ ।

कार्ल माक्र्सले आविष्कार गर्नुभएको वैज्ञानिक समाजवादको या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अनुसन्धान विश्व मानव समुदायका लागि गतिलो वैचारिक हतियार बनेको कुरा सिद्ध भइसकेको प्रचण्डले बताउनु भएको छ  । उहाँले माक्र्सको वैज्ञानिक शिक्षाप्रति इमान्दार र निष्ठावान बन्न पनि आग्रह गर्नुभएको छ ।

माक्र्सवादको आविष्कार पछि इतिहासमा पहिलोपटक वैचारिक रूपले विद्रोह गर्नु श्रमजीवी जनताको अधिकार हो भन्ने मान्यता स्थापित भएको उहाँले विज्ञप्तिमा बताउनुभएको छ । मानव समाजले सृष्टि गरेका कुनै पनि सकारात्मक उपलब्धीको प्रमुख हकदार श्रमजीवी वर्गको हो भन्ने मान्यता कार्ल मार्क्सले स्थापित गराएको प्रचण्डले उल्लेख गर्नुभएको छ ।

 

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !