९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सांसद्हरुकाे स्वाब संकलन सुरु

प्रकाशित मिति :  २२ बैशाख २०७८, बुधबार ०८:२८


काठमाडौं । सांसदहरुको स्वाबको नमूना संकलन सुरु भएको छ ।

बुधबार संघीय संसद भवनको ल्होत्से हलमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको संसद सचिवालयले जनाएको छ । सचिवालयले आज र भोलि बिहान १० बजेदेखि ५ बजेसम्म स्वाब संकलन हुने जानकारी दिएको छ ।

सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने छ ।

बिहीबार संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिला पत्रकार, स्वकीय सचिवालयका कर्मचारीलगायतको स्वाब संकलन गरिने संसद सचिवालयले जनाएको छ  ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !