२ असार २०७८, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादीले सरकारलाई दिएकाे समर्थन फिर्ता लियाे

प्रकाशित मिति :  २२ बैशाख २०७८, बुधबार ०६:५४


काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको हो । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाउनुभएको हो ।

संसदीय दलका नेता पुष्पकमल दाहालले हस्ताक्षर गरी बुझाइएको पत्रमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन आजकै मितिदेखि लागु हुने गरी फिर्ता लिएको उल्लेख छ ।

माओवादी केन्द्रले मंगलबार स्थायी कमिटीको अनौपचारिक बैठक राखेर समर्थन फिर्ता लिने निर्णय गरेको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ४९ सदस्य छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने यसअघि नै विश्वासको मत लिने निर्णय गरिसक्नुभएको छ । २७ बैखामा विश्वासको मत लिने सरकारको तयारी छ ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !