२५ बैशाख २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

महामरिमा सारथि बन्दै युवा संघ

प्रकाशित मिति :  २१ बैशाख २०७८, मंगलवार ११:३३


काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले काठमाडौको बौद्धमा आजबाट कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि हेल्प डेक्स स्थापना गरेको छ ।

संघका उप–महासचिव योगेन्द्र लामाको नेतृत्वमा बौद्धमा हेल्प डेक्स स्थापना भएको हो । यसअघि सो ठाउँमा २०७२ सालमा गएको भूकम्पमा पनि युवा संघ नेपालले आजकै दिन वृहत स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयलाई सेवा दिएको थियो ।

यस पटक कोभिडको महामारीमा पुनः स्थानीयलाई सहयोग गर्न युवा संघ नेपालले हेप्प डेक्स स्थापना गरेको छ । यसले गर्दा युवा संघलाई स्थानीयले दुःखको साथीको रुपमा हेरेका छन् ।

हेल्प डेक्सका नेतृत्वकर्ता लामालाई संघका अध्यक्ष बचनबहादुर सिंहले माक्स, सेनिटाइजर ,ग्लोब्स, खानेपानी लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो । कार्यक्रममा संघका सह–अध्यक्ष किरण पौडेल र महासचिव रमेश आचार्यको पनि सहभागिता रहेको थियो ।

त्यस्तै स्थायी कमिटी सदस्य निरोज पौडेल, सचिवालय सदस्य अजित लामा, सुदर्शन बजगाईं र मन्जिव क्षेत्रीको पनि कार्यक्रममा सहभागिता रहेको थियो । यसैगरी केन्द्रीय सदस्य सज्जन लामा, गोविन्द तामाङ, लाक्पा लामा, लालकाजी लामा, शंकर लाखे लगायतको सहभागीतामा हेल्प डेक्स स्थापना गरी नागरिकलाई सेवा दिन सुरु गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपालले कोभिड संक्रमणमा नागरिकलाई सहयोग गर्नका लागि देश भरि नै हेल्पडेक्स स्थापना गरी आवश्यक सहयोग गर्ने निर्णय गरी सोही अनुसार काम सुरु गरेको छ । हेल्प डेक्सले अप्ठेरोमा परेकालाई सहायता तथा सचेतना अभिवृद्धिको काम गर्ने छ ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !