२ असार २०७८, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज देशबासीलाई सम्बोधन गर्नुहुँदै प्रम ओली

प्रकाशित मिति :  २० बैशाख २०७८, सोमबार ०९:०१


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्नुहुने भएकाे छ ।

प्रधानमन्त्री ओलीले आज दिउँसाे साढे ३ बजे देशबासीका नाममा सम्बाेधन गर्न लाग्नुभएकाे हाे । कोभिड–१९ महामारी लगायत समसामयिक विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएकाे उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएकाे छ ।

नेपालमा काेभिडकाे नयाँ भेरियन्ट तीब्र गतिमा फैलिरहेकाे छ । संक्रमित हुने र ज्यान गुमाउनेकाे संख्या पनि बढ्दै गएकाे छ ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !