२५ बैशाख २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतमा एकै दिनमा चार लाख संक्रमित

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार ०७:४९


नयाँ दिल्ली । भारतमा कोभिड भाइरसबाट थप झण्डै चार लाख मानिस संक्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२ हजार चार सय ८८ जनालाई संक्रमण भएको हो ।

यसअघि हिजो एकै दिन सबैभन्दा धेरै चार लाखभन्दा बढी संक्रमित भएका थिए । आइतबार सार्वजनिक गरिएको संख्या अघिल्लो दिनको भन्दा केही कम हो ।

भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक करोड ९५ लाख ५७ हजार चार सय ५७ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ६ सय ८९ जनाको काेभिड भाइरसका कारण ज्यान गएको छ ।

योसँगै भारतमा अहिलेसम्म ज्यान गुमाउनेकाे संख्या दुई लाख १५ हजार पाँँच सय ४२ पुगेको छ ।

भारतमा संक्रमित भएकाहरु मध्ये ३३ लाख ४९ हजार ६ सय ४४ अहिले पनि संक्रमित अवस्थामै रहेका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन लाख सात हजार आठ सय ६५ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको संख्या एक करोड ५९ लाख ९२ हजार दुई सय ७१ पुगेको अधिकारीहरुले जनाएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म २९ करोड एक लाख ४२ हजार तीन सय ३९ पटक स्वाब परीक्षण गरेको छ भने पछिल्लो एक दिनमा मात्रै १८ लाख चार हजार नाै सय ५४ जनाको कोरोना परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म १५ करोड ६८ लाख १६ हजार ३१ ओटा खोप प्रयोग भएको छ ।

– रासस



प्रतिक्रिया दिनुहोस !