३१ जेष्ठ २०७८, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेभिड त्रासले बन्दभयाे धनुषा मालपाेत कार्यालय

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार ०४:४७


जनकपुरधाम । कोभिड संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै आजदेखि धनुषा जिल्लाको मालपोत र नापी कार्यालयद्वारा प्रवाह गरिँदै आएको सेवा स्थगन गरिएको छ ।

मालपोत कार्यालयद्वारा जारी सूचनाअनुसार धनुषा जिल्लामा पनि कोरोना प्रभावितको सङ्ख्या बढ़दै गएकाले महामारीको प्रकोपबाट बच्न मुद्दाबाहेकका सेवा अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको छ ।

कार्यालय प्रमुख वासुप्रसाद कोइरालाले भीडभाड कम गरी कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउँदा पनि भीड बढ्ने क्रम नरोकिएकाले कार्यालयबाट प्रवाह गरिँदै आएको सेवा स्थगन गरिएको बताउनुभयो ।

त्यस्तै आजदेखि नापी कार्यालयद्वारा प्रवाह गरिँदै आएको सेवा पनि स्थगन गर्ने निर्णय गरिएको छ ।

– रासस



प्रतिक्रिया दिनुहोस !