१० श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेभिड नियन्त्रण बारे छलफल गर्न आज मन्त्रीपरिषद् बैठक बस्ने

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार ०४:३३


काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।  प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक बैठक कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणमा केन्द्रित हुने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले जानकारी दिनुभयो ।

संक्रमण नियन्त्रणका थप नयाँ रणनीति, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) ले गरेका सिफारिस लगायत विषयमा पनि बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।

शुक्रबार बसेको सीसीएमसी बैठकले केन्द्रका मन्त्रीहरुलाई प्रदेशमा समन्वय गर्ने गरी खटाउने, बैंक तथा वित्तीय संस्थाहरुलाई एक चौंथाइ कर्मचारी राखेर मात्र काम गर्न दिने, सार्वजनिक निर्माणका सबै काम बन्द गर्ने लगायत सिफारिस गरेको छ ।

ती विषयमा आजको मन्त्रिपरिषद् बैठकले निर्णय गर्न सक्नेछ ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !