९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतीय एक अस्पतालमा आगलागी, १८ जनाले ज्यान गुमाए

प्रकाशित मिति :  १८ बैशाख २०७८, शनिबार ०८:२१


अहमदावाद । भारतको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत दुई नर्ससहित कम्तीमा १६ कोभिड–१९ संक्रमित विरामीको ज्यान गएको भारतीय अधिकारीहरूले बताएका छन् ।

एशियाली यस मुलुकमा संक्रमण दर उच्च भएपछि स्वास्थ्य सेवा प्रणालीमा समस्या देखिइरहेका समय पश्चिमी राज्य गुजरातको भरुचको चार तलाको अस्पतालमा आगलागी भएको हो । स्थानीय समयअनुसार शनिबार बिहान १ः०० बजै आगलागी हुँदा अस्पतालमा करिब ५० अन्य बिरामीहरू थिए । आगो केही समयपछि नियन्त्रणमा आएको थियो ।

स्थानीय प्रहरी अधिकारी राजेन्द्रसिंह चुडासमाले घटनामा दुई नर्ससहित १८ व्यक्तिको ज्यान गएकाे पुष्टि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आगलागी अस्पतालको आईसीयूमा रहेको तारमा समस्या आउँदा आगलागी हुनपुगेको प्राथमिक अनुसन्धानबाट थाहा हुन आएको छ ।’

उक्त घटनामा अधिकांश व्यक्तिको निशास्सिएर श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको बताइएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडितपरिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !