३१ जेष्ठ २०७८, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बरजस्ती बन्द गराउने प्रचण्ड समुहका नेता र कार्यकर्ता पक्राउ

प्रकाशित मिति :  २२ माघ २०७७, बिहीबार ०५:१२


काठमाडौं । प्रचण्ड समूहले गरेको बन्द असफल भएको छ । सो समूहले आज देशव्यापी रुपमा गरेको बन्दको ठाउँ ठाउँमा नागरिकले अवज्ञा गरेका छन् ।

बन्दलाई हिंसात्मक बनाउन सो समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं सडकमा उत्रनुभएको थियो । तर नागरिकले बन्दको प्रतिकार गरेका छन् । सुरक्षा व्यवस्था पनि कडा छ ।

नागरिकले धरान लगायत देशका विभिन्न ठाउँमा बन्दविरुद्ध प्रदर्शन समेत गरेका छन् । नागरिकको जीवन प्रभावित हुनेगरी गरएिको बन्द सहन नसकिने भन्दै उनीहरुले प्रतिकार गरेका हुन् ।

ठाउँ ठाउँमा यातायात जाम छ । गाडीहरु पनि चलिरहेका छन् । नागरिकले सास्ती खेप्न नपरोस् भनेर सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ ।



प्रतिक्रिया दिनुहोस !