२ असार २०७८, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमसीसी अनुदान मात्र हाे- शेरबहादुर देउवा

प्रकाशित मिति :  १७ बैशाख २०७८, शुक्रबार ११:२१


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भन्नुहुन्छ – ‘एमसीसी अमेरिकाले सित्तैमा दिएको पैसा हो, तर यहाँ अनेक भ्रम फैलाइएको छ ।’

कोभिड–१९ को जोखिमबीच शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा देउवाले त्यसो भन्नुभएको हो । एमसीसीमार्फत अमेरिकी सेना आउने हल्ला फिँजाइएको भन्दै उहाँले एमसीसी अनुदान मात्र भएको बताउनुभयो ।

देउवाले भन्नुभयो – ‘यो केवल अनुदान हो, अमेरिकाले सित्तैमा दिएको पैसा हो, जसको ब्याज तिर्नुपर्दैन, त्यति ठूलो सहयोग गरेको छ, तर यता अमेरिकी सेना आउँछ भनेर भ्रम फैलाइएको छ ।’

आफ्नो पालामा नभइ डा‍‍. बाबुराम भट्टराई र सुशील कोइरालाको पालादेखि एमसीसी प्रक्रिया चलिरहेको देउवाले बताउनुभयो । आफ्नो पालमामा मन्त्रिपरिषद्बाट पारित मात्र भएको देउवाले सुनाउनुभयो । ‘मेरो पालामा यो प्रक्रिया अगाडि बढेको होइन, पारित मात्रै भएको हो’– देउवाको भनाइ छ ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !