९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भेरी अस्पतालमा उपचाररत तीन संक्रमितको ज्यान गयो

प्रकाशित मिति :  १७ बैशाख २०७८, शुक्रबार ०६:०१


काठमाडौं । बाँकेको भेरी अस्पतालमा उपचाररच तीनजना संक्रमितको ज्यानगएको छ ।

बाँके, बर्दिया र कैलालीका संक्रमितको उपचारका क्रममा ज्यान गएको जिल्ला स्वास्थ्यकार्यालय बाँकेले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ की ५७ वर्षीया आज बिहान ज्यान गएको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि भएपछि तीमहिला वैशाख १४ गते अस्पताल भर्ना भएकी थिइन् ।

कैलालीको गोदावरी नगरपालिका–११ कैलालीका ६२ वर्षीय पुरुषको बिहीबार राति ज्यान गएको हो । स्वास्थ्यमा समस्या देखिएपछि वैशाख १३ गते अस्पताल भर्ना भएकी ती महिलाको उपचारका क्रममा ज्यान गएको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–७ की ४७ वर्षीया महिलाको बिहीबार साँझ उपचारको क्रममा ज्यानगएको अस्पतालले जनाएको छ । ती महिलामा चैत २६ गते संक्रमण पुष्टि भएको थियो ।

बाँकेमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या दिनहुँ बढ्दै गएको छ । कोभिडका कारण जिल्लामा ज्यान गुमाउनेको संख्या एक सय ११ पुगेको छ । बाहिरी जिल्लाबाट उपचारकालागिआएका एक सय १३ जनाले पनि ज्यान गुमाइसकेका स्वास्थ्यकार्यालयले जनाएको छ ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !