४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माथिल्लो तामाकोसीको सुरुङमा खस्यो पानी

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार १२:२७


काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी खसाल्न थालिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बिहीबार संयुक्त रुपमा पानी पठाउने कामको शुभारम्भ गर्नुभएको हो । आयोजनाको सुरुङमा पानी खसाल्न उर्जा जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझी जाने कार्यक्रम तय भएपनि कोभिड–१९ संक्रमण भएपछि उहाँ जान पाउनुभएन ।

दोलखाको लामाबगरमा रहेको कुल ४ सय ५६ मेघावाट क्षमताको सो जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै सुरुङमा पानी खसालिएको हो । सुरुङमा पानी खसालेसँगै मन्त्रीद्धयले आयोजनाको जलाशय लगायत संरचनाको निरीक्षण पनि गर्नुभएको मन्त्री नेम्वाङको सचिवालयले जनाएको छ ।

स्वेदशी लगानीमा निर्माण भएको देशकै सबैभन्दा ठूलो सो जलविद्युत आयोजनमा केही दिन परीक्षण उत्पादन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रिय गौरवको माथिल्लो आयोजना तामाकोसीको काम समयमै सक्न प्रधानमन्त्री ओलीले यसअघि नै निर्देशन दिइसक्नुभएको छ ।

समृद्ध नेपालःसुखी नेपालीको लक्ष्य बोकेर काम गरिरहेको ओली नेतृत्वको सरकारले विकास निर्माणलाई तीब्र गतिमा अगाडि बढाइरहेको छ । देश समृद्धिको युगमा अघि बढिरहेको छ ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !