९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गण्डकी प्रदेशको खेलकुद मन्त्रीमा दीपक मनाङ्गे

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार ११:४२


काठमाडौं । स्वतन्त्र सांसद् राजिव गुरुङ (दीपक मनाङ्गे) गण्डकी प्रदेशको खेलकुद मन्त्री नियुक्त हुनुभएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मनाङ्गेलाई मन्त्री नियुक्त गर्नुभएकाे मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिनुभयाे । मनाङ्गेले केहीबेरमा सपथ लिँदै हुनुहुन्छ ।  प्रदेशको सामाजिक विकास मन्त्रालयलाई फुटाएर मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्रालय बनाइ मनाङबाट निर्वाचित सांसद् मनाङ्गेलाई मन्त्री बनाउनुभएको हो ।

प्रदेशमा अझै दुईवटा मन्त्रालय खाली छन् । माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय खाली नै छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध माओवादी र कांग्रेसले ल्याएको अविश्वासको प्रस्ताव माथिको हिजो तय भएको मतदानको समयमा गुरुङ अनुपस्थित हुनुभएको थियो । मतदानको बेला जनमोर्चा नेपालका एक सांसद् समेत अनुपस्थित भएपछि सरकार विरुद्धकाे अविश्वास प्रस्ताव पास नहुने देखेपछि बुधवारको बैठक सभामुखले स्थगित गर्नुभएको थियो ।

अविश्वास प्रस्ताव विचाराधीन रहेकै बेला मुख्यमन्त्रीले मन्त्री थप्नुभएकाे हाे । उहाँले अझै पनि दुई मन्त्रालय खाली नै राख्नु भएको छ ।



प्रतिक्रिया दिनुहोस !