४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गण्डकी प्रदेश सभा बैठक स्थगित भयो

प्रकाशित मिति :  १५ बैशाख २०७८, बुधबार १२:११


काठमाडौं । गण्डकी प्रदेश सभामा बुधबार खैलाबैला मच्चिएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव पास नहुने भएपछि सभामुखले प्रदेश सभा बैठक स्थगित गर्नुभएको छ ।

बुधवार बसेको प्रदेश सभा बैठकमा स्वतन्त्र सांसद् दिपक मनांगे र राष्ट्रिय जनमोर्चाका सांसद् खिमविक्रम शाही अनुपस्थित हुनुभएको थियो । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने दिन नै दुई सांसद् अनुपस्थित भएपछि प्रतिपक्षीसहितका दलले बैठक रोक्न आग्रह गरेका थिए ।

अविश्वास प्रस्तावमाथि छलफल भइरहेको समयमा राष्ट्रिय जनमोर्चाका एक सांसद् बेपत्ता भएको भन्दै प्रदेश सभा सचिवालयमा खोजी गर्न मागसहित पार्टीले निवेदन दिएको थियो ।

प्रदेशसभाको विशेष अधिवेशनको तेस्रो बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद् शाही अनुपस्थित रहेको र उहाँ सम्पर्कविहीन भएपछि सोही पार्टीका तर्फबाट सांसद् पियारी थापाले प्रदेश सभा सचिवालयमा निवेदन दिनुभएको छ ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !