९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुन लिन जाँदा पक्राउ

प्रकाशित मिति :  १४ बैशाख २०७८, मंगलवार ०८:२४


काठमाडौ ।त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा आठ सय १२ दशमलव पाँच ग्राम सुन लिन गएका सुरेशकुमार शर्मालाई प्रहरीले गिरफ्तार गरेको छ ।

जजिरा एअरको विमानबाट सोमबार कुबेतबाट काठमाडौं आएका सुरेशकुमार शर्माको लगेज आएको थिएन । लगेज ढिला आएकाले सुरेशकुमार आज बिहान विमानस्थल पुगेको प्रहरीले जनाएको छ । लगेज चेकजाँच गर्दा सो परिमाणको सुन लुकाएर ल्याएको भेटिएपछि भन्सार कार्यालयले प्रहरीको जिम्मा लगाएको हो ।

करिब २१ वर्षका सुरेश विरानटगर महानगरपालिकाका वासिन्दा भएको बताइएको छ । प्रहरीले थप अनुसन्धानका लागि पक्राउ गरेको हो ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !