६ असार २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कांग्रेस केन्द्रीय समिति सर्‍याे, पदाधिकारी बैठकले यस्ता निर्णय गर्‍याे

प्रकाशित मिति :  १२ बैशाख २०७८, आईतवार १२:०९


काठमाडौं । सोमबार बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक सरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक सार्ने निर्णय गरेको हो । कांग्रेस पदाधिकारीहरुले सोमबार कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम तय भएकाले बैठक सारिएको हो । अर्को बैठक मंगलबार बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पदाधिकारी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने कदम जारी राख्ने निर्णय गरेको नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । ‘ओली सरकारको विकल्प खोज्न पार्टीले गर्दै आएको प्रयासलाई जारी राख्ने निर्णय भएको छ’ – केसीले भन्नुभयो ।

अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नेहरुलाई उचित व्यवस्थापन गर्ने, विदेशमा रहेका पार्टीको महाधिवेशनका मतदातालाई अब समावेश नगर्नेलगायत विषयमा पनि बैठकमा छलफल भएको केसीले बताउनुभयो ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !