४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्णालीका चार सांसद‍‍्लाई निष्कासन गरेको सूचना प्रदेश सभामा दर्ता

प्रकाशित मिति :  १२ बैशाख २०७८, आईतवार ११:०६


काठमाडौं । कर्णालीमा नेकपा एमालेलाई धोका दिने माधव गुटका चार सांसद् प्रदेश सभा सदस्यबाट निष्कासित भएका छन् ।

फ्लोर क्रस गरी माओवादी केन्द्रको सरकार जोगाइदिने चार सांसद्लाई निष्कासन गरेको सूचनासहितको पत्र कर्णाली प्रदेश एमाले संसदीय दलले प्रदेश सभामा दर्ता गराएको हो ।

माओवादीबाट मुख्यमन्त्री बन्नुभएका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पदबाट मुक्त गराइएको पत्र कर्णाली प्रदेश एमाले संसदीय दलका नेता यामलाल कँडेलले  प्रदेश सभामा दर्ता गर्नुभएको हो ।

वैशाख १० गते बसेको एमाले १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले उहाँहरूलाई प्रदेश सांसद् र पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो । बैठकले सो निर्णय कार्यन्वयनका लागि प्रदेश सभा सचिवालयलाई पत्र लेख्ने निर्णय पनि गरेको थियो । ज्वाला बाहेक तीन जना अहिले माओवादी सरकारमा मन्त्री हुनुहुन्छ ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !