४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले महाधिवेशन आयाेजक कमिटीकाे बैठक बस्दै

प्रकाशित मिति :  १२ बैशाख २०७८, आईतवार ०५:४७


काठमाडाैं । नेकपा एमालेकाे दशाैं महाधिवेशन आयाेजक कमिटीकाे बैठक आज बस्ने भएकाे छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बाेलाउनुभएकाे एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयाे । प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने बैठकमा देशकाे पछिल्लाे राजनीतिक अवस्था, पार्टीकाे आन्तरिक विषय, काेराेना महामारी लगायत विषयमा छलफल हुने तामाङले बताउनुभयाे ।

यसअघिकाे बैठकले १९ सदस्यीय स्थायी कमिटीसमेत गठन गरेकाे थियाे । महाधिवेशन आयाेजक कमिटीका सदस्यकाे कार्यविभाजन गरेकाे थियाे । कर्णाली प्रदेश सभामा फ्लाेर क्रस गर्ने सांसद्लाई कारबाही पनि गरेकाे थियाे । पार्टीले स्पष्टिकरण साेधेका माधव गुटका २७ प्रतिनिधि सभा सदस्यलाई कारबाही गर्ने जिम्मा बैठकले स्थायी कमिटीलाई दिएकाे थियाे ।

– आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !