१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

यस्तो छ एमाले नेताहरुको कार्यविभाजन (सूचीसहित)

प्रकाशित मिति :  १० बैशाख २०७८, शुक्रबार ११:४१


काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको हो । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी २ सय ६४ सदस्यीय छ ।

कार्यविभाजन अनुसार अध्यक्ष केपी शर्मा ओलीलाई स्कूल विभाग प्रमुख हुनुहुन्छ । महासचिव ईश्वर पोखरेललाई उपत्यका विशेष कमिटीको इञ्चार्ज तोकिएको छ । संगठन विभाग प्रमुखको जिम्मेवारी विष्णुप्रसाद पौडेलले पाउनुभएको छ । रामबहादुर थापा ‘बादल’लाई  वाग्मती प्रदेश इञ्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभागको जिम्मेवारी दिइएको छ ।

आजै पुर्नगठन गरिएको स्थायी कमिटी सदस्यमा समेटिनुभएका वामदेव गौतमले कुनै जिम्मेवारी पाउनुभएको छैन । निलम्बित नेता माधवकुमार नेपाल गुटका केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत राखिएको छ । उनीहरुलाई जिम्मेवारी दिइएको छैन । सच्चिएर फर्किए उनीहरुलाई उचित जिम्मेवारी दिइने बताइएको छ ।

बैठकले युवा संघको इञ्चार्जमा महेश बस्नेत, अनेरास्ववियूको इञ्चार्जमा खिमलाल भट्टराई, प्रेस चौतारीको इञ्चार्जमा सूर्य थापा, मजदूर इञ्चार्जमा विनोद श्रेष्ठलाई तोकेको छ ।

आजको बैठकले १९ सदस्यीय स्थायी कमिटी बनाउने निर्णय गरेको छ । स्पष्टिकरण सोधिएका माधव गुटमा २७ प्रतिनिधि सभा सदस्यलाई कारबाही गर्ने जिम्मेवारी सोही स्थायी कमिटीलाई दिएको छ । बैठकले विभिन्न ११ वटा प्रस्ताव पनि पारित गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

हेर्नुस् एमाले नेताहरुकाे कार्यविभाजनकाे सूची:

 



प्रतिक्रिया दिनुहोस !