१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओली र नेपालबीचकाे वार्ता सकियाे

प्रकाशित मिति :  ९ बैशाख २०७८, बिहीबार १०:४४


काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र निलम्बित नेता माधवकुमार नेपालबीच आज पनि छलफल भएको छ ।

नक्सालस्थित  मेरियट होटलमा अहिले प्रधानमन्त्री ओली र नेपालबीच आजपनि ‘एक्ला–एक्लै’ वार्ता भएकाे हाे । उहाँहरुबीचकाे वार्ता सकिएकाे छ ।उहाँहरुबीच  पछिल्लाे राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल भएकाे बताइएकाे छ ।

बुधबार साँझ पनि प्रधानमन्त्री ओली र नेपालबीच मेरियटमै दुई घण्टा छलफल भएको थियो । बुधबारकै भेटको निरन्तरतास्वरुप बिहीबार पनि उहाँहरुबीच छलफल भएको हो  ।

स्रोतका अनुसार बुधबार अध्यक्ष ओलीले पार्टी हितविपरित गतिविधि रोकेर एमालेमै फर्कन आग्रह गर्नुभएको थियो । एमालेलाई एक ढिक्का बनाएर लैजानका लागि आफूले काम गरिरहेको भन्दै ओलीले सच्चिएर पार्टीमा फर्किए उचित स्थान दिइने बताउनु भएको थियो ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !