४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओली र नेपालले सँगै उभिएर धरहरा हेरेपछि‍‍‍…

प्रकाशित मिति :  ९ बैशाख २०७८, बिहीबार १०:२१


काठमाडाैं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव गुटलाई पार्टी हित विपरितका गतिविधि नगर्न विशेष पहल गर्नुभएकाे छ ।

साेही पहलस्वरुप प्रधानमन्त्री ओलीले  माधवकुमार नेपालसँग बुधबार र बिहीबार दुई दिन छलफल गर्नुभएकाे छ । साे भेटवार्ताका क्रममा सार्वजनिक भएका तस्विरले अध्यक्ष ओलीकाे पहल सकारात्मक दिशातर्फ उन्मुख भएकाे अनुमान गर्न सकिन्छ ।

उहाँहरुबीच मेरियट हाेटलमा आजपनि वार्ता जारी छ । वार्ताका क्रममा प्रधानमन्त्री ओली र नेता नेपालले नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुभएकाे तस्विर  प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गर्नुभएकाे छ ।

साे तस्विरमा हाेटलकाे झ्यालबाट प्रधानमन्त्री ओली र नेता नेपालले निकै टाढा रहेको धरहरा नियाल्नुभएकाे देखिन्छ ।

नवनिर्मित धरहराकाे वैशाख ११ गते प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै हुनुहुन्छ ।

 

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !