१७ श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा महादेव यादव

प्रकाशित मिति :  ८ बैशाख २०७८, बुधबार ०७:३५


काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता महादेव यादवलाई नियुक्त गरेकाे छ ।

सभापति शेरबहादुर देउवाकाे निवास बुढानिलकण्ठमा बसेकाे कांग्रेस पदाधिकारी बैठकले यादवलाई केन्द्रीय निर्वाचन समिति संयोजकमा नियुक्त गर्ने निर्णय गरेको नेता बालकृष्ण खाँडले जानकारी दिनुभयाे । यादव १४ औं महाधिवेशनको निर्वाचन समिति संयोजक बन्नुभएको हो ।

यसअघि संयोजक रहेका राधेश्याम अधिकारीले राजीनामा दिनुभएपछि साे पद खाली थियाे । अधिकारीले गत चैत २१ गते पदबाट राजीनामा दिनुभएकाे थियाे ।

बैठकमा पार्टीकाे १४ औं महाधिवेशनको तयारी लगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको खाँडले बताउनुभयाे । कांग्रेस पदाधिकारी बैठक वैशाख १२ गते पनि बस्ने उहाँले जानकारी दिनुभयाे ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !