३० जेष्ठ २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच छलफल

प्रकाशित मिति :  ७ बैशाख २०७८, मंगलवार १०:५७


काठमाडाैं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएकाे छ ।

प्रधानमन्त्री निवास बालुटारमा मंगलबार दिउँसाे उहाँहरुबीच भेटवार्ता भएकाे प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयाे । यसअघिकै छलफलकाे निरन्तरतास्वरुप उहाँहरुबीच भेटवार्ता भएकाे उहाँले बताउनुभयाे ।

भेटवार्ताका क्रममा जसपाले उठाएका रेशम चाैधरी लगायतकाे रिहाइ, संविधान संशाेधन, नागरिकता विधेयक लगायत विषयमा छलफल भएकाे छ । छलफल अन्त्यन्तै सकारात्मक भएकाे बताउँदै उहाँले भन्नुभयाे – ‘छलफल निक्कै सकारात्मक रुपमा अगाडि बढेकाे छ, तर टुंगाेमा पुगेकाे छैन ।’

सरकार र जसपाबीच वार्ता गर्न बनाइएकाे कार्यदल स्तरमा भएका छलफल लगायत विषयमा पनि प्रधानमन्त्री ओली र ठाकुरबीच छलफल भएकाे छ ।

-आइएनए ज्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !