१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव गुटमा सांसद् छलफलमा

प्रकाशित मिति :  ७ बैशाख २०७८, मंगलवार १०:१६


काठमाडाैं । एमालेका निलम्बित नेता माधवकुमार नेपाल गुटका सांसद्हरु छलफलमा जुटेका छन् ।

एमालेले स्पष्टिकरण पत्र पठाएपछि माधव गुटका सांसद्काे भेला नयाँ बानेश्वरस्थित अर्याल हाेटलमा सुरु भएकाे छ । एमालेले माधव गुटमा २७ प्रतिनिधि सभा सदस्य र ५ जना प्रदेश सभा सदस्यलाई आज मात्र अन्तिम स्पष्टिकरण पत्र पठाएकाे छ ।

भेलामा पछिल्लाे राजनीतिक अस्थाबारे छलफल भइरहेकाे साे गुटका सांसद् गाेकर्ण विष्टले जानकारी दिनुभयाे । तर एमालेले विष्टसहित माधव गुटमा खुलेका ८ सांसद्लाई स्पष्टिकरण साेधेकाे छैन ।

पार्टी फुटेकाे ‍औपचारिक घाेषणा गर्नका लागि भेला बाेलाइएकाे हाे भन्ने प्रश्‍नमा विष्टले भन्नुभयाे – ‘हामी अन्तिमसम्म पार्टी एकताकै पक्षमा उभिन्छाैं ।’

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !