४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

थापाथलीबाट एमाले मुख्यालय संचालित

प्रकाशित मिति :  ६ बैशाख २०७८, सोमबार ०९:२२


काठमाडौं । नेकपा (एमाले) मुख्यालय थापाथलीबाट संचालन भएको छ ।

यही वैशाख १ गतेदेखि पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट पूर्णरुपमा संचालन भइरहेको हो । कार्यालय अहिले सञ्चालन भए पनि वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

नयाँ पार्टी मुख्यालयमा अध्यक्ष, महासचिव, सङ्गठन विभाग, प्रचार विभाग र विदेश मामिला प्रमुखसहितका १२ कोठा छन् । नयाँ कार्यालय सर्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले भवनको निरीक्षण गर्नुभएको थियो ।  विसं २०७२ को भूकम्पले बल्खु, मदन नगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिई मुख्यालय सञ्चालन गरेको थियो । प्रतिष्ठानको भवन मासिक दुई लाख २५ हजार रुपैयाँ तिरिंदै आएको थियो ।
पार्टीले धुम्रबाराहीमा चक्रपथको सडक विस्तारले आउजाउमा समस्या परेकाले थापाथलीमा कार्यालय सारेको हो । एमालेले मदन नगरमा पार्टीको अत्याधुनिक भवनको शिलान्यास पनि नेकपा स्थापना दिवसमा गर्ने भएको छ ।

पार्टी अध्यक्ष ओलीले भूकम्पपछि भत्किएको भवन रहेको जग्गामा नै नयाँ बन्ने भवनको शिलान्यास गर्नुहुनेछ ।

– रासस



प्रतिक्रिया दिनुहोस !