६ असार २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कडा भयो सरकार, विद्यालय तथा विभिन्न क्षेत्र बन्द, दर्शक विहीन खेल खेलाइने

प्रकाशित मिति :  ६ बैशाख २०७८, सोमबार ०८:५६


काठमाडौं । लकडाउन घोषणा नगरे पनि सरकारले अब कोभिड १९ नियन्त्रणका लागि अत्यन्तै कडा कदम चाल्ने भएको छ ।

महामारी नियन्त्रणका लागि सरकारले विभिन्न क्षेत्रका लागि विशेष निर्देशन जारी गर्ने निर्णय गरेको छ । समाजका यावत क्षेत्रलाई सुरक्षित राख्न सरकारले विभिन्न आदेश आजै जारी गर्न लागेको हो ।

विद्यालय सञ्चालकहरुको दवाबका कारण हच्किएको सरकारले अन्तत सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो निर्णय गरेको हो । कहाँकहाँका र कुन क्षेत्रका विद्यालय बन्द गर्ने भन्ने सूचना शिक्षा मन्त्रालयले जारी गर्ने भएको छ ।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आइएनए न्युज एजेन्सीसँग कुरा गर्दै विद्यालय बन्द गर्ने र भर्चुअल पढाई सम्बन्धमा विशेष सूचना जारी गरिने बताउनुभयो ।

मन्त्री श्रेष्ठका अनुसार रंगशाला, रात्रीकालीन व्यवसाय, सिनेमा घर लगायत बन्द गरिने जानकारी दिनुभयो । विभिन्न खेल प्रतियोगिताका बाँकी रहेका खेलहरु अब दर्शकविहीन खेलाइने पनि उहाँले जानकारी दिनुभयो ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !