१७ श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारले जारी गरेका सुरक्षात्मक उपाय सबैले पालना गराैं – राष्ट्रपति भण्डारी

प्रकाशित मिति :  ४ बैशाख २०७८, शनिबार ०९:४३


काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गर्नुभएको छ ।

उहाँले आज अपराह्न ट्वीट गर्दै  नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण  नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गर्नुभएको छ ।

-रासस



प्रतिक्रिया दिनुहोस !