९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यी हुन् कर्णालीमा एमालेलाई धोका दिने चार सांसद्

प्रकाशित मिति :  ३ बैशाख २०७८, शुक्रबार १२:३१


काठमाडौं । एमालेका चार सांसद्ले फ्लोर क्रस गरेपछि कर्णालीमा माओवादी केन्द्रको सरकार जोगिएको छ ।

शुक्रबार बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विपक्षमा मत दिन ह्वीप जारी गरेको थियो । तर शुक्रबार दिउँसो प्रदेश सभामा भएको मतदानमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गर्नुभयो । मुख्यमन्त्री शाहीको पद जोगाइदिनुभयो । एमालेलाई धोका दिनुभयो ।

मतदानमा ३७ सांसद्ले भाग लिएकोमा विश्वासको मतका पक्षमा २२ मत परेको थियो । विपक्षमा १५ मत परेको थियो । मुख्यमन्त्री शाहीलाई विश्वासको मत पाउन २० सांसद् आवश्यक थियो । कांग्रेसका ६ सांसद्ले प्रस्तावको पक्षमा मत दिए । राप्रपाले भने मतदानमा भाग लिएन ।

कर्णाली प्रदेशमा ४० सांसद छन् । तीमध्ये एमालेका सभामुखसहित २०, माओवादीका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद् छन् । एमालेमा लागेपछि माओवादीले आफ्ना एक सांसद्लाई कारबाही गरेको थियो ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !