२५ बैशाख २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेका चार सांसद्ले धाेका दिए, कर्णालीका मुख्यमन्त्रीको पद जाेगियाे

प्रकाशित मिति :  ३ बैशाख २०७८, शुक्रबार १२:१६


काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।

शुक्रबार बसेकाे प्रदेश सभाकाे हिउँदे अधिवेशनकाे पहिलाे बैठकमा विश्वासकाे मत पाएसँगै शाहीकाे पद जाेगिएकाे हाे । पार्टीले दिएकाे ह्वीप विपरित एमालेका चार सांसद्ले फ्लोरक्रस गरेपछि शाहीको पद जोगिएको हो ।

प्रदेश सभामा भएकाे मतदानमा मुख्यमन्त्रीकाे विश्वास छ भन्ने पक्षमा २२ मत परेकाे छ ।  शाहीको पक्षमा एमालेका चार जना सांसद्ले पनि मतदान गरेका छन् ।

विश्वास छैन भन्नेमा १५ मत परेकाे छ । मतदानमा ३७ जना सांसद् उपस्थित भएका थिए ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !