२५ बैशाख २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रदेश-२ काे नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गर्नू – प्रदेश सभा सचिवालय

प्रकाशित मिति :  ३ बैशाख २०७८, शुक्रबार १०:२८


काठमाडौं । प्रदेश-२ प्रदेश सभाले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न आग्रह गरेकाे छ ।

वैशाख ९ गते ३ बजेसम्म स्थायी राजधानी र नाम तोक्ने प्रस्ताव दर्ता प्रदेश सभा सचिवालयले आग्रह गरेकाे छ । प्रदेश सभा सचिवालयले बिहीबार सूचना जारी गरेर साे आग्रह गरेकाे हाे ।

‘प्रदेश सभा कार्य सञ्‍चालन नियमावली, २०७५ को नियम ७३ ख को उपनियम २ बमोजिम प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सभा सदस्यले नियमावलीको अनुसूची ३ ख बमोजिम यही वैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा दर्ता गराउन सूचना प्रकाशन गरिएको’-सूचनामा उल्लेख छ ।

यसअघि ०७६ चैत ४ गते बसेकाे प्रदेश सभामा नामसम्बन्धी चार वटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ वटा प्रस्तावमाथि मतदान भएको थियो । तर नाम र राजधानी तोक्नका लागि प्रदेश सभाको दुई तिहाइ बहुमत नपुगेपछि ती प्रस्ताव अस्वीकृत भएको थियो ।

प्रदेश-२ प्रदेश सभाममा कुल १ सय ७ सांसद् छन् । तर एमालेमा लागेका आफ्ना चार सांसद्लाई माओवादीले पदमुक्त गरेपछि अब १ सय ३ सांसद् मात्र बाँकी छन् ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !