३१ जेष्ठ २०७८, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विद्यार्थीलाई कोरोनाबाट जोगाउ – नेविसंघ

प्रकाशित मिति :  ३ बैशाख २०७८, शुक्रबार ०९:०७


काठमाडौं । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कोरोनाबाट विद्यार्थीलाई जोगाउन माग गरेको छ

नेविसंघले शुक्रबार विज्ञप्ति निकालेर सरकारसँग सो माग गरेको हो । विद्यालय तथा शिक्षण संस्था कोरोना संक्रमणको केन्द्र बन्न सक्ने नेविसंघ अध्यक्ष राजिव ढुंगानाले निकाल्नु भएको विज्ञप्तिमा उल्लेख छ ।

विद्यालय क्षेत्रमा संक्रमण फैलिन नदिन आवश्यक व्यवस्था गर्न सरकारसँग नेविसंघले माग गरेको छ । नेविसंघले विद्यार्थीको स्वास्थ्यप्रति गम्भीर हुन समेत आग्रह गरेको छ । ‘सरकारलाई विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड नगर्न र विद्यार्थीमा संक्रमण फैलन नदिन विशेष पूर्वतयारी गर्न जोडदार माग गर्दछौँ’ – विज्ञप्तिमा लेखिएको छ ।

जनताको जीउधनको रक्षा गर्नु सरकारको दायित्व भएको भन्दै नेविसंघले यसतर्फ सरकारलाई जिम्मेवार हुन आग्रह गरेको छ । विद्यार्थीहरु राष्ट्रको कर्णधार भएकाले उनीहरुको स्वास्थ्यमाथि खेलवाड भएमा सह्य नहुने समेत विज्ञप्तिमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस !