२ असार २०७८, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्णालीका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न एमालेको ह्विप

प्रकाशित मिति :  ३ बैशाख २०७८, शुक्रबार ०७:१९


काठमाडौं । एमाले कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

शुत्रलबार बसेको कर्णाली एमाले संसदीय दलको बैठकले शाहीको विपक्षमा मतदान गर्न आफ्ना सांसद्लाई ह्विप जारी गर्ने निर्णय गरेको सचेतक गुलाबजंग शाहले जानकारी दिनुभयो । मुख्यमन्त्री शाहीलाई दिएको समर्थन एमालेले गत चैतमै फिर्ता लिइसकेको छ ।

आज दिउँसो २ बजे बस्ने प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै हुनुहुन्छ । एमालेको माधव गुटका सांसदले फ्लोर क्रस गर्ने मात्र शाहीको बहुमत पुग्छ । तर कर्णाली एमाले एकढिक्का भइसकेको छ ।

-आईएनए न्युज एजेन्सी

 



प्रतिक्रिया दिनुहोस !