१७ श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

हरेक क्षेत्रमा नेपाललाई प्रविधिमय बनाउँछौं – प्रधानमन्त्री ओली

प्रकाशित मिति :  २ बैशाख २०७८, बिहीबार ०९:१२


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक क्षेत्रलाई प्रविधिसँग जोडिने बताउनु भएको छ ।

नापी विभागमा बिहीबार आयोजित ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र ‘मेरो कित्ता’ अनलाइन प्रणालीको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘नेपाललाई हरेक प्रविधिमय बनाउँछौं, विज्ञानमय बनाउँछौं ।’

सुखी नेपाली : समृद्ध नेपालको आकांक्षालाई पूरा गर्न सरकारले हरेक क्षेत्रलाई अगाडि बढाउँदै लगेको प्रधानमन्त्रीको भनाइ छ ।  हामीले इतिहास झल्किने र आधुनिकता टल्किनेगरी पुर्ननिर्माण लगायत काम गरिरहेका छौं र गर्छौं, हरेक क्षेत्रमा हाम्रो इतिहास बिर्सिदैनौं तर त्यसमा आधुनिकता टल्काउन चाहान्छौं’ – प्रधानमन्त्री ओलीले भन्नुभयो ।

लेस फेस, लेस पेपर, क्यास लेसको अभियानमा सरकार लागिपरेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो – ‘मानिसको प्रत्यक्ष संलग्नता कम गर्ने, कागजको प्रयोग कम गर्ने, क्यास होइन हामीले चेक चलाउने, मेरो कित्ताको सिस्टममा मात्र होइन, अनेक क्षेत्रमा हामी नेपाललाई डिजिटलाइजेसनतर्फ लैजान चाहान्छौं ।’

प्रधानमन्त्रीले अगाडि भन्नुभयो – ‘मान्छे धर्तीमा हुँदैनथ्यो त पृथ्वी कै अर्थ हुँदैनथ्यो, सुन्दरता र सिर्जनशिलता सबै बुझ्ने, उपभोग गर्ने र अझ सिंगार्ने भनेकै मान्छेले हो । मान्छे नभए केही कुराको अर्थ नहुने बताउँदै उहाँले भन्नुभयो –‘देशलाई सुन्दर बनाउन सुखी नेपाली : समृद्ध नेपाल अभियान असाधारण छ ।’

सरकारको उद्देश्य जनतालाई उचित सेवा दिनु रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो –‘हाम्रो उद्देश्य त जनताको सेवा गर्ने हो, हिजो भन्दा आज उन्नत ढंगले सेवा पूराउने हाम्रो राष्ट्रिय आकांक्षा हो, हामी हाम्रा उद्देश्य पूरा गर्न नयाँ–नयाँ टेक्नोलोजी ल्याउँछौं, अझ भएन भने विदेशी प्रविधि पनि भित्र्याउँछौं ।’ – प्रधानमन्त्री ओलीले देशलाई समृद्ध बनाउन कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !