४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आफ्नै टुंगो नभएका माधवको भनाइ : केपीले नदिए मैले टिकट दिन्छु

प्रकाशित मिति :  ३१ चैत्र २०७७, मंगलवार १२:५५


काठमाडौं । ‘आगामी चुनावमा केपी शर्मा ओलीले टिकट नदिए, म दिन्छु’ – यो हास्यास्पद दाबी हो एमालेका निलम्बित नेता माधवकुमार नेपालको ।

प्रेस संगठन रुपन्देहीले मंगलबार बुटवलमा गरेको कार्यक्रममा नेता नेपालले सो दाबी गर्नुभएको हो । एमालेबाट आफै टिकट पाउने सम्भावना नरहेको बेला आफूपक्षीय नेता कार्यकर्तालाई माधवले झुठो आश्वासन दिनुभयो । ‘केही चिन्ता नगरे हुन्छ, को– कोलाई टिकट चाहिएको छ, के–के चाहिएको छ, केपीजीले दिनुभएन भने, हामी दिन्छौं’– माधवले भन्नुभयो ।

पार्टी अध्यक्षले नदिएको टिकट तपाईंले कसरी दिनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा माधवले भन्नुभयो – ‘होइन टिकट त दिनै पर्…यो नि, अन्यायमा परेकालाई हामी न्याय दिन्छौं नि ।’

नयाँ पार्टीको तयारी गर्दै हुनुहुन्छ भन्ने पत्रकारहरुको अर्को प्रश्नमा माधवले भन्नुभयो – ‘अब बुझनेले के–के बुझनुहुन्छ, यो तपाईंहरुको कुरा हो ।’

पार्टी हितविपरित गतिविधिमा लागेपछि एमालेले माधवसहित चार नेतालाई ६ महिनाका लागि निलम्बन गरिसकेको छ । यस्तो अवस्थामा पनि माधवले नेता–कार्यकर्तालाई झुठो आश्वासन दिँदै हिड्नुभएको छ ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !