६ असार २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘लिपुलेकसहितकाे नक्सा ल्याउने प्रधानमन्त्रीको बदनाम गर्नु गलत’

प्रकाशित मिति :  ३० चैत्र २०७७, सोमबार १३:०६


काठमाडौं । लिपुलेकसहितकाे नक्सा ल्याउने सरकार र प्रधामन्त्री केपी शर्मा ओलीको विरोध गरिएकोमा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आपत्ति जनाउनु भएको छ ।

नयाँ बानेश्वस्थित संघीय संसद् भवन परिसरमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले विभूषणबाट चुच्चे नक्सा हटाइएकोबारे सरकार र एमालेको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

नेम्वाङले भन्नुभयो – ‘जुन सरकारले जुन प्रधानमन्त्रीले त्यो नक्सा पारित गराउन यत्रो चुनौतीको सामना गर्नुपर्..यो, सिंगो देशलाई सर्वसम्मत गराउनुभयो, उहाँकै अगुवाइमा जारी भएको नेपालको वास्तविक नक्साका विषयमा उहाँलाई नै बदमान गर्न खोजिनुहुँदैन, विभूषणबारे सदनभित्र र बाहिर जे कुरा उठेको छ, यसमा प्रधानमन्त्रीजीको ध्यानाकर्षण भएको छ ।’ सो विषयमा सरकार गम्भीर रहेको समेत नेम्वाङले बताउनुभयो ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा चुच्चे नक्साले चर्चा पाएको थियो । एमाले सांसद् नरबहादुर धामीले ०७६ सालमा बनेको नक्मामा चुच्चे नक्सा भएन भन्नु आपत्तिजनक रहेको बताउनुभयो ।

प्रतिपक्षी सांसद्ले भने विभूषणमा चुच्चे नक्सा नभएको भन्दै विरोध जनाएका थिए । नेपाली कांग्रेसका सांसद् पुष्पा भुसाल लगायतले पनि यसको विरोध गर्नुभएको छ ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !