१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक वैशाख ६ मा

प्रकाशित मिति :  ३० चैत्र २०७७, सोमबार ०८:२२


काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले वैशाख ६ गते बस्नेगरी बैठक बोलाउनु भएको एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था लगायत समसामयिक विषयमा छलफल हुने उहाँले बताउनुभयो । ‘अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल हुनेछ, तर बैठकको खास एजेण्डा भनेर कुनै पनि विषय तय गरिएको छैन’– रिजालले भन्नुभयो ।

एमालेले २ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । तर तीमध्ये माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई एमालले ६ महिनाका लागि निलम्बन गरिसकेको छ ।

पार्टी केन्द्रीय कमिटीको दशौं, एघारौं र बाह्रौं बैठकले केन्द्रीय कमिटीलाई एमालेले महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण  गरेको थियो । पार्टीमा अध्यक्ष र महासचिवमात्र राखेर एमाले केन्द्रीय कमिटी बैठकले अरु पदाधिकारी खारेज गरेकाे थियाे ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !